कपिलवस्तुको जितपुरमा सरकार विरुद्धको प्रदर्शन (भिडियो सहित)

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको कामप्रति असन्तुष्टि जनाउदै देशभर प्रदर्शन भै रहेको छ।  यसै क्रममा आज कपिलवस्तुको वाणगंगा नगरपालिकाको जीतपुर चारनम्बरमा प्रदर्शन भएको छ । कोरोना रोकथाममा सरकारले गरेको खर्च विवरण पारदर्शी बनाउन, क्वारेन्टिन स्थल मापदण्डन अनुसार बनाउन र पीसीआर परिक्षणपछि मात्रै क्वारेन्टिनबाट बाहिर जान दिने व्यवस्था मिलाउन, MCC खारेज, रूकुम घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन भएको हो।  आन्दोलनको नेतृत्व कसैले नगरेको र स्वतरूपमा यूवाहरूले पर्दशन गरेको स्थानीय चन्द्रकान्त पोखरेल र निर्मल शर्माले बताए ।


भिडियो सहित

सचेत युवा सबल युवा भन्ने नाराका साथ सरकार विरुद्ध नारावाजी कपिलवस्तु जितपुर ४ नम्बर ।पेज : https://facebook.com/officialujyaalopostन्युज : https://ujyaalopost.com

Posted by Ujyaalo Post on Friday, 12 June 2020

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation