राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता ल्याउँदैछ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको गुमेको भूभाग फिर्ता लिने महत्वपूर्ण विषयमा राष्ट्रिय सहमति जुटेकोमा खुसी व्यक्त गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राजतन्त्रले गुमाएको नेपाली भूभाग गणतन्त्रले फिर्ता ल्याउन लागेको बताए ।कुनै व्यक्ति विशेष वा राजनीतिक दल भन्दा पनि सबैको प्रयासमा आज संविधान संशोधन हुन थालेको भन्दै प्रचण्डले गुमेको भूमि फिर्ताका लागि अग्रसरता लिने सरकार, राजनीतिक दल, नागरिक समाज र आम जनतालाई धन्यवाद दिएका छन् ।नक्सालाई वैधानिकताका लागि आज हुने संविधान संशोधनले महत्वपूर्ण कदमले गुमेको भूमि फिर्ताका लागि भारतसँग वार्ता र संवादको माध्यमबाट समाधान गर्न पहल गर्ने बाटो खुलेको प्रचण्डको भनाइ छ ।भारतसँग कुटनीतिक माध्यमबाट संवाद गरेर सीमा विवाद सधैका लागि समाप्त गर्नुपर्नेमा प्रचण्डले जोड दिएका छन् ।

साभार नागरिकखबर डट कम

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation