नेकपाले आईतवार बोलायो सचिवालय वैठक

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय वैठक वस्ने भएको छ । नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच सचिवालय वैठक बोलाउने सहमती भएको स्रोतको दावी छ । शुक्रवार दुवै नेताबीच भएको भेटमा आईतवार वैठक बोलाउने सहमती भएको हो । यसअघि नेकपाको सचिवालय वैठक वोलाउने निर्णय भएपनि वैठक अन्तिम समयमा स्थगित हुंदै आएको थियो ।शनिवार नेपालको परिवर्तित नयां नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट दुई तिहाईभन्दा बढी मतले पारित गरेको भोलीपल्ट नेकपाले सचिवालयको वैठक बोलाएको हो ।वैठकमा संविधान संशोधन विद्येयक पारित गरिसकेपछिको राजनितिक अवस्था, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र मन्त्रिपरिषदको पुर्नगठनलगायतका विषयमा छलफल हुने नेकपा स्रोतको दावी छ ।प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसीलाई अघि बढाउने पक्ष्ँमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्य एमसीसी सम्झौतामा संशोधन नगरी पारित गर्न नहुने अडानमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation