गुल्मीको आइसोलेसनमा एक कोरोना संक्रमित पुरुषको मृत्यु

जेठ ३२ : गुल्मीको रेसुङ्गा नगरपालिका–९ स्थित उपल्लो तम्घासको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएपछि तम्घासमा रहेको आइशोलेसमा राखेर उपचार गराइरहेका ३६ वर्षीय पुरुषको गएराती निधन भएको हो । यसअघि २ पटकसम्मको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो  भने पछिल्लो पटक जेठ २८ मा पठाईएको पिसिआर परीक्षणको रिपोर्ट आइनसकेको वडा नं ९ का वडा अध्यक्ष नारायण बरालले जानकारी दिए । मृतक पुरुष लामो समयदेखि क्यान्सर पीडित रहेकोले उपचारमा रहेको पनि उनले जानकारी दिए । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation