एमसिसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले एमसिसी परियोजनाबारे छलफल गर्न आज सचिवालय बैठक बोलाएको छ । दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा एमसिसी कार्यदलका सदस्यहरु भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बैठकमा बोलाइएको छ ।बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि बोलाइएको छ ।आजको बैठकबाट एमसिसीबारे पार्टीमा देखिएको मतभेद अन्त्य हुने एक सचिवालय सदस्यले फरकधारसँग बताएका छन् । ‘सम्भवतः आज यसबारे सबै टुङ्गो लाग्नेछ,’ आइतबार विहान टेलिफोन सम्पर्कमा उनले भने । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation