सवारी दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

नवलपरासी- नवलपरासी जिल्ला पश्चिम स्थित प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माकाे सवारी दुर्घटनामा ज्यान गएको छ । शर्मा चढेकाे प्रतापपुर गाउँपालिकाकाे लु १ झ ३७० नम्बरको स्कार्पियाे गाडी अनियन्त्रित भइ बर्दघाटमा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाईते भएका शर्मालाई उपचारका लागि चिसापानी अस्पतालमा उपचारकाे क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरिक्षक राजु लामाले बताउनुभएको छ  ।अध्यक्ष शर्मा जिल्ला विपद ब्यबस्थापन समितिको बैठकमा सहभागी हुन परासी जाने क्रममा बर्दघाट नगरपालिका वडा नं. ४ मा अनियन्त्रित भइ लक्ष्मीनगर पुलदेखि तल खसेकाे थियाे । शर्मासंगै गाडीमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाईते भएका छन् । उनी खतरामुक्त रहेको बताईएको छ ।
शर्माको शवलाई पोष्ट मार्टमका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको पश्चिम नवलपरासीका प्रहरी नायब उपरिक्षक लामाले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation