गुल्मीमा कोरोनाबाट थप एकजना युवकको मृत्यु

गुल्मी– गुल्मीमा कोरोना संक्रमित एकजना युवकको मृत्यु भएको छ। रेसुंगा नगरपालिकाको आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको रेसुंगा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए । उनमा जेठ १२ कोरोना संक्रमण पुष्टि भएसँगै रेसुंगा नगरपालिकाको आइसोलेशनमा राखेर उपचार गरिएको थियो। उनी २ वर्षदेखि क्यान्सर रोगले पीडित थिए । केही दिनदेखि उनको स्वास्थ्य अबस्था गम्भीर थियो । उनी आइसोलेशनको बेडमा जान र झर्न नसक्ने भएपछि उनको भुँइमै राखेर उपचार गरिएको थियो। उनको शवलाई आजै व्यवस्थापन गर्ने स्वास्थ्य संयोजक अर्यालले जानकारी दिए ।
उनका १४ वर्षका छोरा, ७० वर्षका बुवा र श्रीमती छिन् । गुल्मीमा यस अगाडि कोरोना संक्रमणकै कारण मदाने गाउँपालिका वडा नं. ६ का ४१ वर्षीय शिक्षकको रुपन्देहीको क्रिमशन अस्पतालमा ज्यान गएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation