कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि

काठमाडौं- कुवेतबाट फर्किएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी गत जेठ २९ गते नेपाल आएकी थिइन् ।उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको टेकु अस्पतालकै आईसीयूमा उपचाररत रहेको पाइएको छ ।अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले दुई जना कोरोना संक्रमित आईसीयूमा उपचाररत रहेको जानकारी दिए । डा राजभण्डारीका अनुसार कुवेतबाट जेठ २९ गते नेपाल फर्किएकी एक महिला र भारतबाट नेपाल फर्केका अर्का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरुको आईसीयूमा उपचाररत भइरहेको छ ।कुवेतबाट जेठ २९ गते नेपाल फर्केकी महिलामा स्वास्थ्य समस्या भएपछि उनलाई सोही दिन शुक्रराज अस्पतालमा भर्ना गरिएको थियो ।उनको हिजो कोरनाको रिपोर्ट पोजेटिभ आएको हो । यस्तै भारतबाट नेपाल फर्किएका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको र आजै शुक्रराज अस्पतालमा आईसीयूमा भर्ना गरेको डाक्टर राजभण्डारीले बताए ।डाक्टर राजभण्डारीका अनुसार दुवै जनाको स्वास्थ्य अवस्थामा क्रमिक रुपमा सुधार भइरहेको छ ।शुक्रराज अस्पतालमा आज सात जना कोरोना संक्रमित रहेकोमा अन्य पाँचजना भने आइसोलेसनमा उपचाररत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation