कालापानी गस्ती हिँडेको सशस्त्र प्रहरीलाई भारतीय सुरक्षाकर्मीले फर्कायो

काठमाडौं – कालापानी क्षेत्रमा गस्ती हिँडेको सशस्त्र प्रहरी बललाई भारतीय सुरक्षाकर्मीले अवरोध गरेको छ ।कालापानी क्षेत्रको गस्तीमा हिँडेका सशस्त्रको टोलीलाई भारतीय सुरक्षाकर्मीले ‘तिमिहरु यहाँ भन्दा उता जान पाउँदैनौ’ भनेर फर्काएको स्रोतले जानकारी दियो ।हामीलाई प्राप्त भिडियोअनुसार सशस्त्रको टोली कालीनदीको तिरैतिर कालापानी जान खोज्दा कावा भन्ने ठाउँमा भारतीय सुरक्षाकर्मीहरुले फिर्ता पठाएको देख्न सकिन्छ ।‘नेपाल तर्फका १५ जना सुरक्षाकर्मीहरु कालापानी क्षेत्रको गस्ती गर्न हिँडेका थिए । तर , भारतीय सुरक्षाकमीृहरुले कावा भन्ने ठाउँबाटै फिर्ता पठाएछ’, एक सशस्त्रका उच्च अधिकारीले काठमाडौंपाटीसँग भने ।भारतीय सुरक्षाकर्मीहरु कालापानीभन्दा करिब २ किलोमिटर नेपातर्फ आएका थिए । भारतीय सुरक्षाकर्मीहरुले नेपालको भू–भागमा गस्ती गर्न किन नपाउने ? भन्दै प्रश्न गरेपछि उनीहरुले विवादित क्षेत्रमा नआउन र आफलूहरुले पनि नआउने जवाफ दिएका थिए । गत वैशाख ३१ गते दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना भएको थियो । २५ जना सशस्त्र प्रहरी र ९ जना नेपाल प्रहरीसहितको टोली छाङरुमा छ ।त्यहाँ नेपाली सेनाको हेलिकोप्टरले ६ महिना पुग्ने खाद्यान्न, तारबार, इन्धन, सोलार र अन्य बन्दोबस्तीको सामान लगेको थियो ।भारतले एकतर्फी सडक बनाएर उद्घाटन गरेपछि त्यस क्षेत्रको सीमा सुरक्षाका लागि आज नेपाली सेनाको हेलिकोप्टरमा सशस्त्र प्रहरीको टोली पठाइएको थियो ।छाङ्‌रु कालापानीबाट करिब १२ किलोमिटर दक्षिणपूर्वमा पर्दछ । सरकारले गत मङ्सिरमा नै यहाँ बिओपी राख्ने निर्णय गरेको थियो

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2023 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation