आजदेखि सबै सरकारी कार्यालय खुल्दै

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलन नदिन गत चैत्र १२ गते लकडाउन सुरू भएपछि बन्द भएका सरकारी कार्यालय आजदेखि सञ्चालनमा आउँदैछन् ।गत बुधबारको मन्त्रिपरिषद् बैठकले आजदेखि सबै सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेपछि साढे २ महिनापछि सरकारी कार्यालयहरू पुनः सञ्चालनमा आउन लागेका हुन् ।सरकारले पहिलो चरणमा ५०, दोस्रो चरणमा ७५ प्रतिशत कर्मचारीसहित सरकारी कार्यालय खोल्ने र तेस्रोमा गैरसरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्था खोल्ने तयारी गरिएको छ ।मन्त्रिपरिषद् बैठकको निर्णयपछि पसलहरू सञ्चालनमा आइसकेका छन् भने जोरबिजोर प्रणालीमा निजी सवारीसाधन पनि गुड्न थालेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation