सरिता गिरीको सांसद पद चट्, पार्टीको साधारण सदस्यबाट पनि हटाइने

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने तयारी गरेको छ । यद्यपी यसबारे आधिकारिक निर्णय भएको भने छैन ।नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण हटाउन लागिएको समाजवादी पार्टीका एकजना वरिष्ठ नेताले जानकारी दिए । ‘आधिकारिक निर्णय भएको छैन, तर काराबाही हुन्छ’ ती नेताले बताए ।पार्टी नेताहरु उपेन्द्र यादव बिराटनगरमा र डा. बाबुराम भट्टराई गोरखामा भएकाले दुवै नेता काठमाडौं फर्कनासाथ पार्टीको साधारण सदस्यबाट समेत हटाइने र सांसद पद स्वतः निलम्वनको जानकरी संसदलाई गराइने स्रोतले बतायो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation