उपचारको क्रममा मृत्यु भएका गुल्मीका पुरुषको पीसीआर रिपोर्ट नेगेटिभ

असार १, गुल्मी धुर्कोट गाउँपालिका–४जैसीथोकका बाबुराम नेपालीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा उनको आइतबार मृत्यु भएको थियो ।
सोमवार आएको स्वाबको रिपोर्टमा नतिजा नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशाला पिसिआर जाँच गरिएको थियो । ४२ वर्षीया ती पुरूष ८ दिन अगाडि भारतको दिल्लीबाट घर आएका थिए । उनको रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि बुटवल ल्याइएको थियो । उनी गाउँकै क्वारेन्टीनमा बसेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation