कपिलवस्तुमा थप १२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६ सय ४६ पुग्यो

कपिलवस्तु १ असार । कपिलवस्तुमा कोरोना भाईरस अर्थात कोभिड १९ थप १२ जना पोजेटिभ पुष्टि भएको छ । वाणगंगा नगरपालिकामा ९ जना र विजयनगर गाउपालिकामा ३ जना गरी १२ जनामा कोरोना पोजेटिभ देखिएको हो । जसमा वाणगंगा नगरपालिका वडा न २ का २० वर्षिय १ जना पुरुष, वडा न ३ का बर्ष २२, २४ का २ पुरुष, वडा न ४ का बर्ष ४०, ४१ का २ जना पुरुष, वडा न १० का बर्ष १९, २५, ३५ का ३ पुरुष र वडा न ११ का बर्ष २१ का १ जना पुरुष गरी कुल ९ जना रहेका छन् ।
त्यस्तै विजयनगर गाउँपालिका वडा न १ का २१, २९ बर्ष २ जना पुरुष र वडा न ३ का बर्ष २६ का पुरुष १ जना गरी कुल ३ रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यो संगै कपिलबस्तुमा संक्रमितको संख्या ६ सय ४६ पुगेको छ । सबै नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौमा परिक्षण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation