कपिलवस्तु कारागारकाे जिम्मा नेपाली सेनालाइ

कोरोनाको कारण प्रहरीको जन शक्ति कम भएपछि कारागार सुरक्षाको जिम्मा सेनालाई दिइएको छ । यसअघिसम्म सशस्त्र प्रहरी कारागारको सुरक्षाकाे लागि खटिँदै आएकोमा सोमबार देखि नेपाली सेना सुरक्षार्थ खटिएको हो । नाकामा हुने भिड नियन्त्रण तथा क्वरेण्टीनको सुरक्षामा प्रहरी केन्द्रित भएकोले कारागार सुरक्षाको लागि सेनालाई खटाइएको हो ।
कोरोना महामरीको विशेष परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न आयोजना परियोजना र कारागारमा खटिएको सशस्त्र प्रहरीको टीमलाई सीमा सुरक्षामा परिचालन गर्ने सुरक्षार्थ स्थानमा नेपाल सेनालई खटाउने निर्णय नेपाल सरकारले गरेको कारागार कार्यालय कपिलबस्तुका जेलर राकेश पाण्डेले बताए । सो परिणम स्वारुप आज सोमबारदेखि कारागार कार्यालय कपिलबस्तुमा नेपाली सेना खटिएको छ र नारायण गण दल कारागार सुरक्षा गुल्मले बहिरी सुरक्षाको जिम्मा लिइएको जेलर पाण्डेले बताए । कारागार कार्यालय कपिलबस्तुमा २ सय क्षमता रहेकोमा ४ सय २८ जना थुनुवा, कैदी बन्दीहरु रहेका छन् । यस अघि सशस्त्र प्रहरीका गोपाल श्रेष्ठको नेतृत्वमा ४० जना सशस्त्र प्रहरी रहे तपनि सोमबार देखि श्री नारायण दल गणका सेनानी ईश्वरी प्रसाद पाण्डेको नेतृत्वमा ४० जनालाई कारागार सुरक्षाको जिम्मा दिइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation