देशभर कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दो

काठमाडौं । देशभर कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै गएको छ । अहिलेसम्म देशभर कोरोना भाइरसबाट निको हुनेको संख्या ११ सय ५८ पुगेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार मात्रै थप १ सय १७ जना पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।त्यस्तै आजसम्म देशभर पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ परीक्षण गरिएको छ भने आरडीटी विधिबाट २ लाख २३ हजार ५ सय १९ परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ५५ पीसीआर परीक्षण गरिएकोे छ भने ४ हजार १ सय ८३ आरडीटी परीक्षण गरिएको छ । हालसम्म देशभर आइसोलेसनमा ५ हजार ५ सय ३१ जना रहेका छन् भने क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन् ।त्यस्तैगरी मंगलबारसम्म देशभर संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । मन्त्रालयका अनुसार मंगलबार ३ सय ८० जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार झापामा गरिएको परीक्षणमा २, धरानमा गरिएको परीक्षणमा ४, जनकपुरमा गरिएको परीक्षणमा ५५, विरगञ्जमा गरिएको परीक्षणमा २, पोखरामा गरिएको परीक्षणमा २१ जना र कैलालीमा गरिएको परीक्षणमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बाँकेमा गरिएको परीक्षणमा १०, राजविराजमा गरिएको परीक्षणमा ३, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा १, रुपन्देहीमा गरिएको परीक्षणमा ४, सुर्खेतमा ९, धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा २२, दाङमा गरिएको परीक्षणमा ५७, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा १ सय १४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation