कपिलवस्तु सहित चार जिल्लामा लकडाउन कडा बनाउन गृह मन्त्रालयको निर्देशन

काडमाडौं । गृह मन्त्रालयले कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा परेका चार जिल्लालाई लकडाउन कडा बनाउन निर्देशन दिएको छ । दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर चार जिल्लालाई लकडाउन कडा बनाउन भनिएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।उनकाअनुसार कोरोनाको उच्च जोखिममा परेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखमा लकडाउन कडा बनाउने भनिएको हो । यद्यपि स्वास्थ्य मन्त्रालय लकडाउन कडा बनाउनु आवश्यक छैन भने खुकुलो बनाइने उनको भनाइ छ । ‘ति चार जिल्लामा दैनिक कोरोनाभाइरस संक्रमितको संख्या बढिरहेको छ । नागरिकको स्वास्थ्य सुरक्षामा ध्यान दिनु पर्ने हुन्छ,’ प्रवक्ता शर्माले भने, ‘यदी स्वास्थ्य मन्त्रालयले लकडाउन कडा बनाउनु आवश्यक छैन भन्यो भने खुकुलो बनाउँछौँ । तर, अहिलेका लागि ती जिल्लामा कडा बनाउन भनिएको छ ।’ स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म थपिएका ३ सय ८० सहित मुलुकभर कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९३ पुगेको छ । तर, उक्त चार जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक तुलनात्मक रुपमा बढिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation