कोरोना रोकथाममा सरकारको उदासिनता प्रति विरोध गर्दै कांग्रेस कपिलबस्तुद्धारा ज्ञापन पत्र

तौलिहवा– केपी ओली नेतृत्वको सरकारले ३ महिना भन्दा बढि नेपालमा कोरोना नियन्त्रणको नाममा ठोस योजना सहित काम गर्न नसक्दा ६ हजार बढिलाई संक्रमण र दर्जन वढि नागरिकको ज्यान जादा समेत उचित कदम नचालेको प्रति नेपाली कांग्रेस कपिलवस्तु सहित ७७ जिल्लाबाट ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल मार्फत कपिलवस्तु कागेंसले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
करिब ३ महिना सम्मको लक डाउनले पनि आम नागरिकहरुमा संत्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य सामाग्रीको अपर्याप्ता देखाएर पिसिआर परिक्षण सुस्त गतिमा गरिनुु, मानवीय संवेदनशीलताको ख्याल नगरी मापदण्ड विपरीत क्वारेन्टाइनहरु निर्माण गरी क्वारेन्टाइन नै संक्रमण बढाउने कारखाना बनाउने काम सरकारबाट भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । पार्टी सभापति सुरेन्द्र राज आर्चाय द्धारा हस्ताक्षरित ज्ञापन पत्रमा विपन्न नागरिक र श्रम गरेर जीविको पार्जन गर्ने आम श्रमिकहरु खानाको अभावमा भोकका कारण मृत्यु वरण गरि सकेको र यो अवस्था भयाभव हुने यथार्थता प्रति सरकार उदासिन र असंवेदनशील रहेको बताइएको छ । तत्काल जनताका आधारभुत आवश्यकता र स्वास्थ्यसंग जोडिएका समस्या समाधान गर्न नेपाली कागें्रस सरकारसंग जोडदार रुपमा माग गरेको कोण सभामा सभापति आर्चायले बताए । सरकार जनताका समस्याप्रति सरकारले खेलवाड गरेमा वा उदासिनता देखाएमा सिंगो नेपाली कागें्रस र आम नागरीक सरकार विरुद्ध संर्घषमा उत्रने समेत आर्चायले बताए ।
पुर्व राजदुत तथा कागेंस नेता दिप कुमार उपाध्यायले भारत लगायत विश्वका अन्य देशहरुमा अलपत्र परी आफ्नो मातृ भूमिमा फर्कन चाहेका नागरिकहरुलाई उचित व्यवस्थापनका साथ स्वदेश फर्कने वातावरण बनाउन नसक्नु, दिनानु दिन धरासायी बन्दै गइरहेको कृषि, पर्यटन र उद्योग व्यवसायलाई पुर्नउत्थानका लागि राहतको कुनै कार्यक्रम नल्याउनु, जस्ता कामले सरकार असफलता तर्फ गएको बताए । पुर्व पार्टी सभापति राजेश आर्चायले सरकारले रोजगारी सिर्जनाको लागि योजना, नीति तथा कार्यक्रम नल्याइनु, श्रमिक, वेरोजगार, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, एकल महिला र गर्भवतीहरुलाई राहतएवं कुनै पनि विशेष कार्ययोजना ल्याउन नसक्दा आम नागरिक पिडामा रहेको बताए ।
सरकारले खेती लगाउने समयमा तत्काल किसानहरुको लागी मलखादको व्यवस्था, कृषि तथा अन्य क्षेत्रका मजदुरहरुको लागी खाना, तथा जिवन निर्वाह गर्न आर्चायले माग गरेका छन ।पार्टी कार्यालयबाट सामाजिक दुरी कायम गरी संयौ संख्यामा जिल्ला प्रशासन कार्यालयमा पुगेर नारावाजी सहित ज्ञापन पत्र बुझाइएको थियो । उक्त कार्यक्रममा प्रदेश सभा सदस्य रिना नेपाल, पार्टी सचिव महेन्द्र पाठक, प्रेम राममाझी कोषाध्यक्ष शोहरत तेली , इन्द्रिरा भट्राई , प्रकाश घिमिरे,भातृ संस्थाका जिल्ला अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation