८ लाख घुससहित डिल्लीबजार मालपोतका ६ जना कर्मचारी पक्राउ

काठमाडौं : काठमाडौंस्थित डिल्लीबजारमा रहेको भूमिसुधार तथा मालपोत कार्यालयका ६ जना सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको फन्दामा परेका छन्।मालपोतका प्रशसकीय अधिकृतसिहत ६ जनालाई ८ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।कर्मचारीको टोलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले काठमाडौंका एक जग्गा धनीसँग जग्गाको विषयमा घुस माग्दै गर्दा पक्राउ गरेका हुन्।यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation