कपिलवस्तु लकडाउन जनता अन्यौलमाः गृहले लकडाउन कडा भन्छ, प्रशासनलाई थाहा छैन्

ताैलिहवा- सरकारले ४ जिल्लालाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गर्ने भएको भनेर विभिन्न समाचार माध्यममा आएपनि सरकारवाट कुनै निर्देशन नआएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले वताउनु भएको छ ।   
 कोरोना संक्रमणको उच्च जोखिममा रहेका सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई ‘हटस्पट’को सूचीमा राखेर तत्काल अत्यावश्यक बाहेक कुनैपनि कामकारबाही सुचारु नगर्ने भएको  भनेर विभिन्न अनलाइनमा समाचारहरु आएपछि प्रजिअ पौडेलले यस्तो वताउनु भएको हो । समाचारमा के आए भनेर प्रशासन चल्न मिल्दैन भन्दै अहिले सम्म कुनै निर्देशन आएको छैन आएछ भने निर्देशन अनुसार ह्ुन्छ उहाले भन्नु भयो ।    गृह मन्त्रालयले यी ४ जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न पनि निर्देशन दिएको समाचारहरुमा उल्लेख छ । यी जिल्लामा कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर निर्णय लिन प्रमुख जिल्ला अधिकारीहरुलाई आवश्यक  निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताएको भनिएको छ  ।
कपिलवस्तु लगायतका चार वटा जिल्ला लक डाउन कडा पार्ने बारेमा बिभिन्न सन्चार माध्यममा समाचारहरु अाए पछी कपिलवस्तुका स्थानियहरुमा भने अन्याेलता छाएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation