काठमाडौं – अर्घाखाँचीका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको भरतपुरस्थित ल्याबमा गरिएको परीक्षणमा २७, १८ र १९ वर्षका तीन जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । २७ र १८ वर्षका पुरुषहरु भूमिकास्थान नगरपालिकाका र १९ वर्षीय पुरुष मालारानी गाउँपालिकाका हुन् ।