अर्घाखाँचीको क्वारेन्टिनमा एक पुरुषले गरे आत्महत्या

अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् ।विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा विद्यालय नजिकैको एक रूखमा झुण्डिएर आत्महत्या गरेको वडा अध्यक्ष कमल पौडेलले बताए । उनको २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो । उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टाइनमा २५ जना रहेका छन् ।यसैबीच अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले प्रयोगशालाले पीसीआर परीक्षण रिपोर्ट दिन ज्यादै ढिलाइ गर्दा यस्ता दुःखद् घटनाहरु हुन थालेको प्रतिक्रिया दिए । ‘समयमा रिपोर्ट नआउँदा मान्छेहरुमा नैराश्यता र नकारात्मक कुराहरु आउने समस्या भयो,’ प्रजिअ पौडेलले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation