भारतले अतिक्रमण गरेको भूमि निरीक्षणका लागि प्रधानसेनापति र सशस्त्रका आईजीपी छाङरु प्रस्थान

काठमाडौं – सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा नेपाली भूमि निरीक्षणका लागि दार्चुलाको छाङरु प्रस्थान गरेका छन् ।भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि सिर्जना भएको आक्रोशका बीच कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्प र छाङरुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्ने उनीहरुको तयारी छ ।गत वैशाख ३१ गते सरकारले दार्चुलाको छाङरुमा सशस्त्रको बीओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस स्थापना गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation