लकडाउनको मारमा परेकालाई रोजगारी दिन कपिलस्तुको शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन

कपिलवस्तु – कोरोना भाईरसका कारण जारी लकडाउनका समयमा समेत कपिलवस्तुको शिवराज नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा सुरु गरिएको छ ।
लकडाउनका मारमा परको बिपन्न परिवारलाई रोजागरी दिन कार्यक्रम संचालन गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रममा तिन योजनाका काम गरिने रोजगार संयोजक पर्शुराम घिमिरेले बतानु भयो । त्यस मध्ये अहिले २ योजनाका काम सुरु गरिएको हो । शिवराज नगरपालिका वडा ३ बलुहवा गाउँमा सडक निर्माणका काम सोमबार बाट सुरु भएको छ । गाउँका ६४ जनाले काम गरिरहेको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो ।
लकडाउनका कारणका नागरिकहरु बेरोजगार भईरहेको एउटा गाउँका ६४ जनाले रोजगार पाउँदा स्थानियहरुको जिविको पार्जनमा सहज हुने विश्वास रहेको सापकोटाले बताउनु भयो । त्यस्तै वडा ७ को सडक निर्माण योजना सुभारम्भ गर्दै वडा अध्यक्ष अनुप कुमार चौधरले यस किसिमका कार्यक्रमले वेरोजगार युवाले रोजगारी पाउदा पाउँदा आर्थिक संकलन संगै जिविकोपार्जनमा सजिलो हुने बताउनु भयो । शिवराज नगरपालिका वडा ७ बिजया सिमेन्ट देखी गोर्भदन यादवको घर सम्मको सडक मर्मत,जुमली गाउँको कुलो मर्मतको लागि ९ लाख २४ हजार रकम रहेको छ । त्यस्तै बलुहवा गाउँमा सडक निर्माणको लागि ९ लाख ८२ हजार रकम रहेको छ भने निविहवा सिचाई ताल निर्माणको लागि ९ लाख ९३ हजार बजेट रहेको छ । नगरका २ सय जनालाई रोजगारी दिइने संयोजक घिमिरेले बताउनु भयो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार नागरिकलाई रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम लागु गरेको हो । जिल्लाका अन्य पालिकामा लकडाउनका कारण यो कार्यक्रम संचालन गरेका छैनन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation