अर्घाखाँचीका २ जनाले जिते कोरोना

सन्धिखर्क : अर्घाखाँचीका दुईजना कोरोना संक्रमित निको भएका छन् ।पाणिनी गाउँपालिका ८, पालीको कमला माविको क्वारेन्टाइनमा रहेका दुईजना कोरोना जितेको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताए । गत जेठ २ गते भारतको रायबरेलीबाट पैदल हिंडेरै पाँचजना गृहजिल्ला आइपुगेका उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर-८ को विद्यालयमा क्वारेन्टाइनमा राखिएको थियो । गत जेठ १० गते शनिबार उनीहरुको थ्रोट स्वाब संकलन गरिएको थियो । प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा क्वारेन्टाइनमा रहेका १९ वर्षीय र ४३ वर्षीय दुई पुरुषमा पीसीआर जाँच गर्दा गत जेठ १३ गते कोरोना पोजिटिभ देखिएको थियो । पुन: स्वाब परीक्षणको लागि पठाइएको थियो । बुधबार उनीहरु दुबैजनाको रिपोर्ट कोरोना नेगेटिभ आएको र उनीहरुलाई घर पठाउने तयारी भइरहेको छ । उनीहरु घरमा गएर सेल्फ क्वारेन्टाइनमा बस्ने गरी पठाइने अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर गौतमले बताए  । जिल्लामा कोरोना संक्रमितको संख्या ६१ पुगेको छ । कोरोनाबाट २ जनाको मृत्यु भइसकेको छ।जिल्लामा एक हजार पाँच सय ५६ जनाको स्वाब संकलन गरिएको छ। ५ सय ६६ जनाको रिपोर्ट आएको जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए । जसमध्ये ६१ जनाको कोरोना पोजिटिभ देखिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation