शिवरात्रिमा पशुपति सिंगार्न भारतीय व्यापारीले ल्याए दुई करोडका फूल

यो वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिर र परिसरमा फूलैफूल राखिने भएको छ। यो वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिर र परिसरमा फूलैफूल राखिने भएको छ।

भारतको ग्लेज ट्रेडिङ इन्डिया प्रालिका निर्देशक सञ्जीव छिब्बर र चेतन हन्डाका निर्देशक केके शर्माले मिलेर यसपालि पशुपतिनाथ मन्दिरलाई २ करोड बराबरका फूलले सजाउने भएका छन्।

पशुपतिमा सजाइने फूल कोरिया, अस्ट्रेलिया, थाइल्याण्ड र भारतको विभिन्न ठाँउबाट ल्याइएको छ।

अर्किड, जरबरा, कन्वारी, सयपत्री, गुलाब, गोदावरी, लिली, क्यामेसन, एसिया टिक, देल्ही, जेप्सी र अलिको नियालगायत विभिन्न जात र रङका फूल ल्याएर पशुपति सजाउन लागिएको हो। यी फूलको आयु हप्ता दिनसम्म हुन्छ।

फूल सजाउन डेढ सय भारतीय कामदार नेपाल आएका छन्। यसपालि ९ गते शुक्रबार महाशिवरात्रि पर्व छ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation