नगरपालिकाको मोटरसाइकलसहित २ जना पक्राउ

बाजुरा । बडिमालिका नगरपालिकाका वडा न ८ का वडाअध्यक्ष प्रकाश रावलले चलाउदै आएको सरकारी मोटरसाइकलसहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो राति १२ बजे मात्र जिल्ला प्रहरी कार्यालय बाजुराको प्रहरी टोलीले सदरमुकाम मार्तडीमा बडिमालिका नगरपालिकाको मोटरसाइकल समातेको हो ।बडिमालिका नगरपालिका वडा ८ का वडाअध्यक्ष प्रकाश रावलले चलाउँदै आएको बा २ ब २५१२ नम्मरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक टकंप्रसाद भट्टराइले बताएका छन् । राति १२ बजेको समयमा मदिरा सेवन गरी मोटरसाइकल चलाएर आएका २ जनासहित मोटरसाइकल प्रहरीको टोलीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक भट्टराइले बताए ।बा २ प २५१२ नम्मरको सरकारी मोटरसाइकल र बडिमालिका नगरपालिका वडा न ८ का वडाअध्यक्ष प्रकाश रावलले चलाउँदै आएका थिए । रातिको समयमा बिचबाटोमा प्रहरीले रोक्न खोज्दा एक जना फरार रहेको र २ जनासहित २ मोटरसाइकल नियन्त्रणमा लिएको प्रमुख भट्टराइले बताए । मोटरसाइकलमा सवार २ जनामा बर्ष २५ का गोरख थापा र बर्ष २० का प्रकाश थापालाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सो सरकारी सवारी साधनको दुरूपयोग बिषयमा वडाअध्यक्षसहितका व्यक्तिलाई सार्वजनिक मुद्धाको रूप अघि बढाउने प्रहरी नायव उपरिक्षक भट्टराइले बताएका छन् ।हरेक समयमा जिल्लामा सरकारी गाडीको दुरूपयोग हुँदै आएकोले अब कुनै पनि हालतमा नछोड्ने जिल्ला प्रहरी कार्यालय जनाएको छ । मोटरसाइकल सदरमुकाम मार्तडीको हिलटप होटलको अगाडी राति १२ बजे समातिएको प्रहरीले जनाएको छ । रातीको समयमा मदिरा सेवन गरी सरकारी गाडी बा २ ब २५१२ र प्राइभेट गाडी न से ५ प ५०७१ नम्मरको गाडीमा रहेका २ जनासहित दुबै गाडीहरू प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation