असारभित्रै टनेलमा टेस्टिङ गर्छौ, मेलम्चीको पानी आगामी आवमा आउँछः मन्त्री मगर

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले मेलम्चीले काठमाडौंबासी मात्रै नभएर सबै नेपालीमा अन्योलता भएको बताएकी छिन् ।राष्ट्रियसभाको बैठकमा मन्त्री मगरले विनियोजन विधेयकमा उठेका प्रश्नको जवाफ दिँदै मेलम्ची धेरैलाई निराशा बनाएको स्वीकार्दै मन्त्री मगरले आगामी आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौंबासीले पिउन पाउने बताइन ।चालु आर्थिक वर्षभित्र नै अहिले वितरण गर्ने बैकल्पिक व्यवस्था अनुसारको कार्यक्रमलाई भौतिकरुपमा सम्पन्न गर्ने दाबी गरिन ।असारभित्रै टनेलमा पानी टेस्टिङ प्रक्रियामा पानी पठाउने र त्यो सकेपछि पानी सुन्दरीजलमा झार्ने दाबी गरिन ।पानी सुन्दरिजलमा आएपछि काठमाडौं बासीको घरमा मेलम्चीको शुद्ध पानी जाने बताइन् । उनले धेरै शंका र उपशंका नगर्न समेत सांसदहरुलाई आग्रह गरेकी छिन् ।मन्त्री मगरले मेलम्ची खानेपानी भूकम्प, विभिन्न समयमा हुने अवरोध, कर्मचारीको आन्दोलन, पटक–पटक ठेक्का तोडनु पर्ने बाध्यात्मक अवस्था, कोरोना प्रकोप लगायतका कारण काम गर्न समस्या भएको बताइन ।उनले विभिन्न कठिनाइका बाबजुद पनि पहिलो चरणको काम चालु आवमा काम सक्ने र आगामी आवको शुरुमा नै काठमाडौं उपत्यकामा पानी वितरण गर्ने दाबी गरेकी हुन् ।अनेकन कठिनका बाबजुद पनि मेलम्चीको उद्घाटन हुने क्रममा रहेकोले आफू गौरवान्वित भएको उनको तर्क छ । ‘त्यो दिन नेपाल र नेपालीको लागि खुसीको दिन हुनेछन्’ उनले भनिन् ।बैठकमा सांसदहरुले संविधानको धारामा मात्रै खानेपानीको व्यवस्था गरिने हो की मान्छेको घरको धारामा पानी पानी आउने हो भन्दै प्रश्न गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation