साझेदारी वनले पालिकाहरुलाई दिए भिटिएम किट

कपिलवस्तु, ३ असार

कपिलवस्तु जिल्लाका तिन साझेदारी वन व्यवस्थापन समितीले पाँच स्थानिय तहहरुलाई भिटिएम किट हस्तान्तरण गरेका छन । कोरोना संक्रमित पहिचानका लागी पिसिआर बिधीको परिक्षणको दायरा बढाउनु पर्ने मागका बिच बैज्ञानिक वन व्यवस्थापनमा कार्य गर्दै आएका साझेदारी वन व्यवस्थापन समितीले पालिकाहरुलाई भिटिएम किट उपलब्ध गराएका हुन । पछिल्लो समय जिल्लाका बिभिन्न स्थानिय तहले क्वारेन्टिनमा रहेका व्यक्तिलाई परिक्षण गर्न किट अभाव भएको भन्दै स्थानिय तहले किट किन्न श्रोत खोज्न थाले पछि साझेदारी वन महासंघले जिल्लाका बिभिन्न पालिकामा भिटिएम किट उपलब्ध गराउने निर्णय गरेको थियो । सोहि निर्णयको आधारमा डिभिजन वन कार्यालय गौतम बुद्ध अन्र्तगतका कपिलवस्तु, शिवराज र गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितीले पाँच पालिकालाई ३ हजार ८ सय ४६ भिटिएम (भाईरस ट्रान्सपोर्ट मेसिन) हस्तान्तरण गरेको हो । कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितीका संयोजक गंगेशनाथ तिवारी नेतृत्वको टोलीले बुद्धभुमी नगरपालिकामा नगर प्रमुख केशव कुमार श्रेष्ठलाई ४ सय ४६ भिटिएम किट हस्तान्तरण गरेको हो । त्यसै गरि शिवराज नगरपालिकामा नगर प्रमुख नेत्रराज अधिकारीलाई, कृष्णनगर नगरपालिकामा नगर प्रमुख रजत प्रताप शाहलाई, बिजयनगर गाँउपालिकामा अधिकृत बासुदेव जमरकट्टेललाई प्रति पालिका ८ सय ५० का दरले भिटिएम किट हस्तान्तरण गरिएको हो । माहाराजगंज नगरपालिकामा समेत ८ सय ५० भिटिएम नगर प्रमुख अब्दुल कलामलाई उपलब्ध गराईएको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितीका रेन्जर गणेश पुरीले जानकारी दिए । गौतम बुद्ध डिभिजन अन्र्तगतका तिन साझेदारी मध्य प्रत्यक साझेदारीले सामाजिक बिकास शिर्षकको बजेटबाट प्रति समिती ५/५ लाखका दरले १५ लाख रुपैयाको भिटिएम खरिद गरि पालिकाहरुलाई हस्तान्तरण गर्न थालिएको कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितीका संयोजक गंगेशनाथ तिवारीले जानकारी दिए । साझेदारी वन महासंघको अगुवाईमा गरिएको निर्णय कार्यान्वयनका लागी समितीले सहकार्य गरि भिटिएम बाडेको उनले प्रष्ट पारे । साझेदारी वनको कार्यक्षेत्रका स्थानिय तहलाई कोरोना संक्रमित पत्ता लगाउन गरिने पिसिआर परिक्षणका लागी किटले सहयोग पुर्याउने उनले बिश्वास व्यक्त गरे । साझेदारी वनले उपलब्ध गराएको भिटिएमका कारण क्वारेन्टाईनमा रहेका नागरिकहरुलाई पिसिआर परिक्षण गराउने कार्यमा ठुलो राहत पुगेको बुद्धभुमी नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिए । “आपतकालिन अवस्थामा राज्यले पनि गर्नु पर्ने दायित्व भित्रको कार्यमा साझेदारी वनले सहकार्य गरि माहामारी न्युनिकरणमा खेलेको भुमिका सह्निय छ ।” नगर प्रमुख श्रेष्ठले भने । भिटिएम हस्तान्तरण कार्यमा संयोजक तिवारी सगै रेन्जर गणेश पुरी, शिवराज साझेदारीका सहायक वन अधिकृत प्रेम शंकर गुप्ता र सोही साझेदारीका सदस्य तौलेश्वर प्रसाद चौधरी लगायत सहभागी रहेका थिए । कपिलवस्तुमा हाल सम्म पिसिआर परिक्षणका लागी स्वाब संकलन गर्नका लागी संघ र प्रदेशले ५ हजार ४ सय भिटिएम किट पठाएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना सम्पर्क व्यक्ति कुमार थापाले जानकारी दिए । सो मध्य जिल्लामा करिब १ हजार भिटिएम किट बाँकी रहेको उनले प्रष्ट पारे । यता जिल्लाका बिभिन्न स्थानिय तहले यस अघि क्वारेन्टिनहरुमा भारतबाट आएका ठुलो संख्याका व्यक्तिहरुको चाप बढे सगै करिब ६ हजारको संख्यामा भिटिएम खरिद गरेका गरेका थिए । जिल्लाभर हाल सम्म करिब १२ हजार जनाको आरडिटी बिधीबाट परिक्षण भएको छ भने पिसिआर बिधीबाट परिक्षण गर्न ७ हजार बढिको स्वाब संकलन भै सकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation