थपिए ५८६ जना संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या ७१७७ पुग्यो

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । आज ५८६ जना थपिएका छन् । मंगलबार ४५१ जना थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले यसको जानकारी दिएका हुन् ।उपचारपछि निको हुनेको संख्या १ हजार १६७ जना पुगेको छ । आज ९ जना निको भएका छन् । मंगलबार ११७ जना निको भएका थिए।मृतकहरुको संख्या २० जना पुगेको छ । आज बाँकेका एक महिलाको कोरोनाका कारण मृत्यु भएको हो । संक्रमित जिल्ला ७३ पुगेको छ ।नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ-६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । मृगौला सम्बन्धि समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो । १ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिए पनि २ गते मात्रै रिपोर्ट आएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ र पछिल्लो २४ घण्टामा ६ हजार ३७ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ र पछिल्लो २४ घण्टामा १० हजार २४ परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा १ लाख २५ हजार ७ सय ९८ जना रहेका छन् । ५ हजार ९ सय ९० जना विभिन्न अस्पतालका आइसोलेनमा उपचाररत रहेका छन् । बुधबारसम्म १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।नेपालमा आज अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् । मन्त्रालयका अनुसार आज ५ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालय प्रवक्ता डा. गौतमका अनुसार ७ हजार १ सय ७७ पुगेको छ । धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, वीरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । भरतपुर अस्पतालमा भएको परीक्षणमा ३, धुलिखेल अस्पतालमा ९९ जनाको पोजेटिभ आएको छ ।यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा १, पोखरामा भएको परीक्षण्मा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ । त्यसैगरी जुम्लामा भएको परीक्षणमा १४ जना, कैलालीमा भएको परीक्षणमा ७ जनाको पोजेटिभ देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation