बाँकेमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि , मृतकको संख्या २० पुग्यो

बाँके– नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो । ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिनुभयो । 
उनी निमोनियाले पीडित थिइन् । स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो । बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोनाबाट १९ जनाको मृत्यु भइसकेको छ । बाँकेमा कोरोना संक्रमितको संख्या ३२४ रहेको छ । कोरोना संक्रमितको संख्या प्रदेश पाँचमा १ हजार ८६१ पुगेको छ । देशभर कोरोना संक्रमितको संख्या ६ हजार ५९१ छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation