थप ७७ जनामा संक्रमण पुष्टि गण्डकी कोरोना अपडेट : संख्या ३२४ पुग्यो

गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या ३२४ पुगेको छ । बिहीबार स्वास्थ्य निर्देशनालय गण्डकीले निकालेको विज्ञप्तिअनुसार प्रदेशमा कुल संख्या संख्या ३ सय नाघेको हो।स्वास्थ्य निर्देशनालयले निकालेको विज्ञप्ति अनुसार पछिल्लो पटक प्रदेशमा ७७ नयाँ संक्रमित फेला परेका छन् । बिहान ५ः ४५ मा निर्देशनालयले निकालेको विज्ञप्तिमा नवलपुर, तनहूँ, मनाङ र गोरखामा गरि ४२ नयाँ संक्रमित पुष्टि भएका थिए भने ८ बजे निकालेको विज्ञप्तिमा पर्वतको कुश्मा, फलेबास नगरपालिका र मोदी गाउँपालिकामा गरी ५ संक्रमित थपिएका थिए । जसमध्ये  कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा बसेका ४२ वर्षिय १ पुरुष र २० वर्षिया महिलामा थिइन् । यस्तै, पर्वतकै मोदी गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको बसेका ३० वर्षिय १ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको थियो । पर्वत फलेवस नगरपालिका स्थायी ठेगाना भएका कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा बसेका ३० र ३७ वर्षिय २ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको ८ बजेको विज्ञप्तिमा उल्लेख थियो ।संक्रमित पाँचै जनाको स्वाब टेष्ट भरतपुर अस्पतालमा गरिएको थियो । र, सबै जना भारतबाट फर्केको निर्देशनालयले विज्ञप्तिमा उल्लेख गरेको थियो ।यस्तै, ९ बजेको विज्ञप्तिमा स्याङ्जा, पर्वत, तनहूँ, नवलपुर र बागलुङमा ३० नयाँ संक्रमित थपिएको उल्लेख छ । जसमध्ये स्याङ्जामा आँधिखोला गाउँपालिकामा ७२ र ३४ वर्षीया दुई महिला त्यसैगरि १३ र १९ वर्षीया दुई पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।स्याङ्जाकै कालिगण्डकी गाउँपालिकामा २१, ३३, २६, ३० र १८ वर्षीय पाँच पुरुषमा कोरोना पुष्टि भएको छ ।पर्वतको कुश्मा नगरपालिकाका २० वर्षीय पुरुष, फलेबास नगरपालिकाका १९ र २२ वर्षीय दुई पुरुष जलजला गाउँपालिकाका १६ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । तनहूँको ब्यास नगरपालिकामा ४२, २९ र २५ वर्षिय तीन पुरुष, नवलपुर हुप्सेकोट गाउँपालिकामा २९, २०, ३९, १९, ३०, ३३, ४० र २९ वर्षका दुई गरि ९ पुरुष र विनयी त्रिवेणी गाउँपालिकाका ३५, ३१, २६ र २३ वर्षका ४ जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।यस्तै, बागलुङको गलकोट नगरपालिकाका ३३ वर्षीय एक पुरुषमा गरि बिहीबार ३ घण्टानको अन्तरमा ७७ नयाँ संक्रमित पुष्टि भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation