कोरोना संक्रमित २ दिन मै डिस्चार्ज गर्दै कपिलवस्तुका २ स्थानिय तह

जानु पाण्डे, कपिलवस्तु- कोरोनाको संक्रमणमा हिसावले देशको दोस्रो ठुलो जिल्ला कपिलवस्तुका ३ स्थानीय तहले मापदण्ड पुरा नगरी घर पठाउन थालेका छन् । कोभिड १९ केशको आईसोलेसन व्यवस्थापन निर्देशिका अनुसार लक्षण नदेखिएका केसलाई आइसोलेसन बसेको १४ दिन पछी छुटने नियम भए पनी समय अगाडी घर पठाएका छन । निर्देशिका विपरीत डिस्चार्ज गर्नेमा यशोधरा गाउँपालिका, मायादेवी गाउँपालिका र महाराजगन्ज नगरपालिका रहेका छन् । यि मध्ये २ स्थानिय तहले आइसोलेसन बसेको ६ दिन मै संक्रमितलाई घर पठाएका छन । यता मायादेवी गाउँपालिकाले भने १० दिन पछी संक्रमित छाडेको छ । 
सरकारले जेठ २० गते जारी गरेको निर्देशिका जारी गरेको थियो । ति पालिकाका आईसोलेसनले जेठ २५ गते पछी मात्र डिस्चार्ज गरेको थियो । डिस्चार्ज गर्दा चिकित्सकको समेत हस्ताक्षर गराई पठाईएको स्वास्थ्यकर्मी बताउछन । जिल्लाका कार्यारत डा. किशोर बन्जाडे, डा. गणेश क्षत्री, डा. गंगाराम यादवको सिफारीसमा संक्रमितलाई घर पठाईएको यशोधरा गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योती प्रकाश दुवेले वताउनु भयो । निर्देशिकाको अबज्ञा गरे पछी जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जेठ २७ गते सबै पालिकालाई निर्देशिका अनुसार डिस्चार्ज गर्न अनुरोध पत्र समेत पठाएको थियो । पत्र पठाए पछि पनी यशोधरा गाउँपालिका र मायादेवी गाउँपालिकाले निर्देशिका विपरीत डिस्चार्ज गरेका छन । 
 २ दिनमै चेक नगरी डिस्चार्ज :
यशोधरा गाउँपालिकाले वडा नं. ४ का ३२ बर्षिय पुरुषलाई २ दिन आईसोलेसनमा राखी डिस्चार्ज गरेको छ । उनी जेठ २९ गते भर्ना भई ३१ गते डिस्चार्ज भएका हुन । जेठ ३१ गते ५२ संक्रमितलाई डिस्चार्ज गरेको थियो । जुन मध्ये जेठ २६ गते आएका १५ संक्रमितलाई ४ दिन पछी , २५ गते आएका २ संक्रमित लाई ५ दिन पछी र २४ गते आएका लाई ६ दिन पछी डिस्चार्ज गरीएको थियो । गाउँपालिकाका ५९ संक्रमित १० दिन वसी डिस्चार्ज भई घर फर्किएका छन । यसै गरी जेठ १७ गते आएका २८ संक्रमितलाई जेठ २६ गते र जेठ २२ गते आएका ६ संक्रमितलाई जेठ ३१ गते डिस्चार्ज गरीएको थियो । उनीहरु ८ दिन मात्र आइसोलेसनमा वसेका थिए । 
यशोधरा गाउँपालिकाका अध्यक्ष गिरजेस कुमार पाण्डेका अनुसार सबैलाई सरकारले जारी गरेको नियम अनुसार पठाएको दावी गरे । हामीले जिल्लाबाट डाक्टर बोलाएर २ हप्ता घरमै वस्ने गरी पठाएको अध्यक्ष पाण्डेले वताए । यशोधराले डिस्चार्ज गरेको मध्ये अधिकांश स्वाब संकलन गरेको मितीले १३ वा १४ दिनमा डिस्चार्ज गरेकोछ । डिस्चार्ज भएकाहरु को दोस्रो परीक्षण भएको छैन । यता सुरु मै संक्रमण भई कोभिड अस्पताल बुटवल वसेका  यशोधराका १२ संक्रमितहरु औषत २० दिन अस्पताल बसी भएर निको भएर घर फर्किएका छ 
चिकित्सकद्धारा समय अगाडी नै डिस्चार्ज :
महाराजगन्ज नगरपालिकाले १० जना कोरोना संक्रमितलाई मात्र समय अवधी पुरा गरी घर पठाएको छ ।  कुल ५० जना डिस्चार्ज भए मध्ये बाकीं सवैलाई ६ देखी १० दिनमै घरमा फिर्ता गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयबाट सुचनाका हक प्रयोग गरी मागेको डाटा अनुसार १ जना संक्रमितलाई ६ दिनमा घर पठाएको छ । ३४ जना संक्रमित ९ दिन, ४ जना संक्रमितलाई ८ दिन , १ संक्रमितलाई ७ दिन र १ जनालाई १० दिनमा घर पठाएको छ । महाराजगन्ज नगरपालिकाले स्वास्थ्य कार्यालयको अनुरोध पत्र आएपछी संक्रमितलाई १४ दिन राखी घर पठाउने तयारी गरेको छ । सरकारले जारी गरेको निर्देशिकाको वारेमा जानकारी नभएको र चेकमा आउने डाक्टरले पठाउन भने पछी डिस्चार्ज गरेको स्वास्थ्य शाखा प्रमुख राधेश्याम जयसवालले वताए 
८० बर्षका जमिन्दार र १ बर्षको बालक १० दिनमै घर पठाईए   :
जिल्लाको मायादेवी गाउँपालिकाले ८० बर्षिय संक्रमित सहित ३२ जनालाई आइसोलेसन बसेको १० दिन पछी घर पठाएको छ । ती ८० बर्षका नागरीक स्थानिय जमिन्दार समेत हुन । घर गएर सेल्फ आईसोलेसनमा बस्नु पर्ने भए पनी अहिले धान खेती गर्न व्यस्त भएको स्थानियले वताए । मायादेवीले जेठ ३१ गते ३८ जनालाई डिस्चार्ज गरेको छ । ति मध्ये ६ जना १२ दिनमा डिस्चार्ज भएका थिए । डिस्चार्ज भएकाहरु को १५ दिन अगाडी स्वाब संकलन भएको थियो । 

साभार प्रेस पाटी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation