रामबहादुर बमजन आश्रममा प्रहरीको आठ घण्टा सर्च अप्रेशन

सिन्धुली  । सिन्धुलीस्थित रामबहादुर बम्जनको आश्रममा प्रहरीले छापा मारेको छ । बिहीबार पुगेको प्रहरीको टोलीले बमजनको आश्रममा करिब आठ घण्टा सर्च अपरेशन गर्दा पनि उनलाई नियन्त्रणमा लिन असफल भएको छ । काठमाडौंबाट गएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले बमजन आश्रममा छापामार्दा पनि उनलाई फेला पार्न नसकेको हो । आफ्नै अनुयायी बेपत्ता पारेकोदेखि विभिन्न आरोपमा अदालतले पक्राउ पूर्जी जारी गरिसकेकाले प्रहरी टोली बिहीबार आश्रम पुगेको हो । घना जंगलमा आश्रम रहेकाले प्रहरी आएको थाहा पाएपछि उनी भागेको हुन सक्ने प्रहरीको अनुमान छ । आश्रम रहेको सो जंगलमा प्रहरीले करिब आठ घण्टा सर्च अपरेशन गरेको थियो । यसअघि पनि प्रहरीले सो आश्रममा दुई छापा मारेको थियो । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation