बिहानै गण्डकी प्रदेशमा २४ जना कोरोना संक्रमित थपिए

पोखरा असार ५ । गण्डकी प्रदेशमा आज बिहान २४ जना नयाँ संक्रमित थपिएका छन् । स्याङ्जा,कास्की, बागलुङ र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०का २४ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए।
बागलुङमा १४ जना, कास्कीमा ६ जना, स्याङ्जामा २ जना र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०मा २ जना कोरोना संक्रमित थपिएका हुन्। यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३४८ पुगेको छ संक्रमित सबै भारतबाट आएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation