पढ्न अल्छी लाग्नेहरु नपढेर एमसीसीको विरोध गरे : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरुले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताको पढ्दै नपढी विरोध गरेको बताउनु भएकाे छ। राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री ओलीले पढ्दै नपढी अमेरिकी सेना नेपालमा आउने भनेर हल्ला चलाइएको बताउनु भयाे । ‘पढ्न अल्छी लाग्नेहरु नपढेर एमसीसीको विरोध गरेर छन्,एमसीसी सम्झौता खोजेर पढे हुन्छ, नबढेर हल्ला गर्नेले मात्र गलत हल्ला चलाए,’प्रधानमन्त्री ओलीले भन्नु भयाे ।
प्रधानमन्त्रीले एमसीसी सडक र सदनको विषय बनेको भन्दै सबैले पढेर मात्रै धारणा राख्न उनले सुझाव दिनु भएकाे छ। उहाले, कि यस देशमा विकास हुन आँट्यो भन्ने चिन्ताले एमसीसीको विरोध भएको छ,देशको विकासको लागि अनुदान आयो भन्ने चिन्ता हो,’ ।
एमसीसी सम्झौता प्रतिनिधिसभामा बिचाराधिन रहेको छ । नेपाल कम्युनिष्ट पार्टीभित्र नै एमसीसीको विषयमा ठूलो विवाद रहेको छ । प्रधानमन्त्री ओली सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन गर्ने पक्षमा रहनु भएकाे छ छन् भने अन्य पक्ष अनुमोदन नगर्ने पक्षमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation