सुशान्त सिंह राजपूतको आत्महत्यामा सलमान खान आरोपि

अनुराग कश्यपका भाइ तथा सलमान खानको सुपरहिट फिल्म ‘दबंग’ का निर्देशक अभिनव कश्यपले सुशान्त सिंह राजपूतको आत्महत्याको विस्तृत अनुसन्धान माग गरेका गर्दै ‘सलमान विषालु सर्पको टाउको’ हो भनेका छन् । उनले यशराज फिल्म्सको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीमाथि मानिसहरुको करियर बर्बाद गरेको आरोप लगाए । साथै, सलमान खानको परिवारमाथि पनि गम्भीर आरोप लगाए । सुशान्तबारे फेसबुकमा एउटा लामो पोस्टमार्फत उनले लेखेका छन्, ‘म सरकारसँग एक विस्तृत अनुसन्धान सुरु गर्न अपिल गर्दछु । तिम्रो आत्माले शान्ति पाओस् सुशान्त सिंह राजपूत‘ ओम शान्ति‘ तर तिम्रो लडाईं जारी रहनेछ‘।’ ‘सुशान्त सिंह राजपूतको आत्महत्याले एउटा ठूलो समस्या उजागर गरेको छ, यसको सामना त्यस्तै ‘पछिल्लो १० वर्षमा आफना दुश्मन सलिम खान, सलमान खान, अरबाज खान र सोहेल खानरहेको बताए ।
यहाँ थुप्रै साना माछा पनि छन् तर सलमान खानको परिवार विषालु सर्पको टाउको हो । कसैलाई डर धम्की दिन उनीहरु अवैध धन, राजनीतिक शक्ति र अन्डरवर्ल्ड सम्बन्धको मिश्रणको प्रयोग निकै चतुर्याइँका साथ गर्छन् ’भन्ने उनको भनाई रहेको  छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation