नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशित

नेपालको संविधान ९दोस्रो संशोधन०, २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ । सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन् । नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ । नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान ९दोस्रो संशोधन०, २०७७ तुरुन्त प्रारम्भ हुने उल्लेख छ । प्रतिनिधिसभाले गत जेठ ३१ र राष्ट्रियसभाले यही असार ४ दुई तिहाइ बहुमतले पारित गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation