पछिल्लो २४ घण्टामा थपिए ४ सय २६ संक्रमित, संक्रमित संख्या ८२७४ पुग्यो

काठमाडौं । बितेको २४ घण्टामा थप ४२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर देवकोटाले शुक्रबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । नयाँ संक्रमित मध्ये ८८ जना महिला र ३३८ जना पुरुष रहेका छन् ।  योसहित नेपालमा नेपालमा कूल कोरोना संक्रममितको संख्या  ८ हजार २७४ पुगेको छ । जसमा महिला ७०७ र ७ हजार ५६७ पुरुष रहेका छन् । हालसम्म संक्रमित जिल्ला ७४ पुगेको छ भने कोरोना निको भएर घर फर्किनेको संख्या २१६ पुगेको छ । 
बितेको २४ घण्टामा मात्रै २१६ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा मन्त्रालयले जानकारी दिएको छ। जसमा ९ महिला र २०७ जना पुरुष रहेका छन् । हालसम्म कोरोनाबाट २२ जनाको मृत्यु भएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation