कोरोना भोगेकी प्रसिद्धिकाे प्रधानमन्त्रीलाइ चेतावनी ‘कोरोनाबारे बकवास नबोल्नुस्’

काठमाडौं : कोरोना संक्रमणबाट निको भएर घर फर्केकी प्रसिद्धि श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनासम्बन्धी दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउनु भएकाे छ। प्रधानमन्त्रीले दिएको अभिव्यक्ति ट्वीटरमा सेयर गर्दै कोरोनाबारे यस्तो बाकवास कुरा गर्न नहुने बताएकी हुन्। प्रधानमन्त्री ओलीले बिहीवार राष्ट्रिय सभामा सम्बोधनका क्रममा कोरोनालाई तातोपानी खाएर हाछ्यु गरी उडाइदिनुपर्छ भनी अभिव्यक्ति दिनु भएकाे थियाे । ‘कोरोना भनेको एउटा रुघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युसाछ्यु गर्नुपर्छ। तातोपानी खानुपर्छ। उडाइदिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्नु भएकाे थियाे । उक्त भिडियोबारे प्रसिद्धिले कोरोना अन्य सामान्य फ्लूजस्तो नभएकोले हल्का रुपमा लिन नहुने समेत बताउनु भएकाे छ । ट्वइट गर्दै वहाले , ‘जसले कोभिड १९ भो भोगेको छ, मैले पनि भोगेकी छु। यो कुनै सामान्य फ्लू जस्तो हैन। यस खालको बिरामीलाई सास फेर्नै गाह्रो हुन्छ, शरीर शिथिल हुन्छ र कुनै उत्साह हुँदैन। कृपया बिरामीको दुखाईलाई आफ्नो मनोरञ्जनको विषय नबनाउनुस्। यस्तो बकवास त अति नै भयो।’


प्रसिद्धि फ्रान्सबाट नेपाल आइपुगेपछि कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो। उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा २७ दिनसम्म उपचार गराउनु भएकाे थियाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation