नयाँ लकडाउन निर्देशिका जारी, राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्न रोक (पूर्णपाठसहित)

काठमाडौं – सरकारले लकडाउनमा थप कडाई गरेको छ । गृह मन्त्रालयले लकडाउनलाई व्यवस्थित बनाउनका लागि अत्यावश्यक कामबाहेक राति हिँड्न समेत रोक लगाएको छ ।गृह मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति पैदल हिँड्न समेत रोक लगाएको हो ।सो सुरक्षा मापदण्डअनुसार राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा रोक लगाएको हो ।‘अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्तिलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुल गर्न पूर्णतः निषेध गर्ने’, गृहद्वारा जारी‘ निर्देशिकामा भनिएको छ ।मन्त्रालयबाट जारी नयाँ मापदण्डमा विवाह व्रतबन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजा पाठ लगायतका सांस्कृतिक तथा सामाजिक कार्यक्रमहरू गर्ने पर्ने अवस्थामा तोकिएको सामाजिक दूरी कायम गर्नुपर्ने र १५ जनाभन्दा बढी भेला हुन नपाइने उल्लेख गरिएको छ ।

https://drive.google.com/file/d/1DV1jYuIKrZwahWeYsZhuUtDusgLS28wI/preview

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation