एक्कासी बहाव बढेपछी वाणगंगा नदिमा फसेका दम्पत्तिको ४ घण्टा पछि उद्धार

कपिलवस्तु –  वाणगंगा नदिमा एक्कासी नदिकाे बहाव बढे पछी बाढिले ल्याएको काठ समात्न खोज्दा नदीमै फसेका एक दम्पत्तिको उद्धार गरिएकाे छ । चार घण्टा सम्म बाढीको बीचमा फसेका उनिहरुलाइ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाकाे टाेली सकुशल उद्धार गरेको हाे । यसरी मृत्यूको मुखमा पर्न लागेको दम्पत्तिले पुजीवन पाएको हो।  नदिको बाढिमा दाउरा बगेर आउने आशमा संकलन गर्न गएका वाणगंगा नगरपालीका वडा नं ८ का ४८ बर्षिय कृतन थारु र उनकी श्रीमति ४५ बर्षिया सोफिया थारुलाई ४ घण्टाको प्रयासमा सेना र प्रहरीले शकुशल उद्धार गरेको हो । प्रहरीका अनुसार नदि छेउमै घर भएका दम्पतीले खोलाको किनारमा बाढी आएको र त्यसमा बगेर आएका दाउरा संकलन गर्नेक्रममा एक्कासी ठुलो वाढि आएपछि उनीहरु विचमै फसेका थिए  । नदिको विचमा रहेका उनीहरुलाई स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरीले नेपाली सेना र शशष्त्र प्रहरीलाई जानकारी गराई दुवै जनाको सकुशल उद्धार गरेको जनाएको छ । दुबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

https://ujyaalopost.com/bishess/5056/

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation