बाणगंगाको आगामी आव ०७७/७८को नीति कार्यक्रम पारित, कपिलवस्तुमै आगामी आवको नीति तथा कार्यक्रम ल्याउने पहिलो पालिका

जितपुर- कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाले आर्थिक बर्ष ०७७/७८ नीति कार्यक्रम पारित गरेको छ । यो संगै कपिलवस्तु जिल्लाका १० स्थानिय तहमा आगामी आवको नीति तथा कार्यक्रम ल्याउने पहिलो पालिकाको रुपमा बाणगंगा प्रस्तुत भएको छ । शुक्रबार मायादेवी रिसोटको सभाहलमा आयोजित सातौ नगरसाभाकाे पहिलाे बैठकबाट आगामि आर्थिक वार्षिक ०७७/७८ को नीति तथा कार्यक्रम पारित गरेको हो ।
नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य र रोजगारीलाई विशेष प्राथमिकतामा राखिएको बताईएको छ । बाणगंगा नगरपालिकाको हाल सम्मकै फरक कार्यक्रमहरु कोभिड १९ ले निम्ताएका चुनौतीहरुलाई समाधान गर्ने गरेर नीति तथा कार्यक्रमहरु ल्याईएको छ । सातौ नगरसभाको नीति तथा कार्यक्रमकाे प्रस्तुत नगर उप प्रमुख चक्रपाणी अर्यालले गर्नु भएको थियो । प्रस्तुत नीति तथा कार्यक्रम माथि यस अघि नगरले विभिन्न सरोकारवाला निकाय संग राय सुझावका आधारमा जनप्रतिनिधिका विच १ सय १८ वुंदे लामो योजना र कार्यक्रम ल्याइकाे बताइएकाे छ । घोषित नीति अनुसार जीतपुर ४ नम्वरमा विशाल बुद्धमूर्ति शहितको आकासे पुल बन्नेछ । यस क्षेत्रकै आधुनिक बसपार्क, फाहोर प्रशोधन सहितको डम्पीङ साइट , नगरभित्र फराकिलो रिङरोड, सुरक्षाकालागि नगर प्रहरी जस्ता नयाँ कार्यक्रमहरु समाबेस गरि आगामी आवको नीति तथा कार्यक्रममा समाबेश गरिएको छ ।
नीति तथा कार्यक्रममा कोरोना महामारीले पारेका प्रभावलाई मध्इनजर गरि आर्थिक, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा पारेको संकटबाट व्यवस्थापनका लागि स्थानीय स्तरमैं रोजगारीका अवसर सिर्जना गर्नु पहिलो प्राथमिकता रहेको र कृषि क्षेत्रमार्फत समृद्ध नगर स्थापीत गर्ने गरि योजनाहरु अघि सारिएको, कृषि उत्पादनमा आत्मनिर्भर बन्नु अहिलेको अपरिहार्य आवश्यकतालाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको उप प्रमुख चक्रपाणी अर्यालले बताउनु भयाे। बिदेशबाट फर्किएकाहरुलाई गाँउमै स्वारोजगार बनाउने खालका सिपमुलक कार्यक्रम पनि कार्यक्रममा समेटीएको उहाँले जानकारी दिनु भएको छ ।
करिब १ अर्ब १० करोडको हारहारीमा बजेट ल्याउने गरि सार्बजनिक गरिएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, पोषण, युवा, शीप, उद्यमशीलता, जेष्ठ नागरिक, अपाँङ्गता, महिलालाई समतामूलक अवसर जस्ता कार्यक्रमहरु समाबेश गरिएको छ ।
यस्तै वातावरण सुधार, नदिजन्य पदार्थ व्यवस्थापन, पर्यटनलाई पनि प्रमुख प्राथमितका राखिएको नगर प्रमुख प्रमुख मंगल प्रसाद थारुले जानकारी दिनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation