गण्डकी प्रदेशमा ५८ कोरोनाभाइरस संक्रमित थपिए, कुल ४३८ पुगे

गण्डकी प्रदेशमा थप ५८ जना कोरोना संक्रमित फेला परेका छन् । थपिएका संक्रमित प्रदेशका ७ विभिन्न जिल्लाका रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।जसअनसार तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ छन् ।त्यस्तै, म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गण्डकीमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या ४३८ पुगेको छ ।थपिएका संक्रमितमध्ये तनहुँको ऋषिङ गाउँपालिकाका मात्र २१ जना छन् । उनीहरु १ वर्षको बालकदेखि ३७ वर्ष सम्मको उमेरका युवासमेत छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation