नेकपा सचिवालय बैठक आज बस्दै, एमसीसीबारे छलफल हुने

६ असार, काठमाडौं । पटक–पटक आह्वान हुँदै र स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज फेरि बोलाइएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित हुने छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ । पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो ।सुरुसुरुमा एमसीसी पारित गर्नैपर्ने पक्षमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने यसलाई पारित गराउन जोडबल नगर्ने पक्षमा रहेको उनी निकट नेताहरु बताउँछन् । तर उनले ४ असारमा राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै एमसीसी परियोजनासँगै अमेरिकी सेना पनि नेपाल आउने भनेर गलत हल्ला फिजाइएको बताएका थिए ।लोचकहरुलाई एमसीसी राम्रोसँग पढेर मात्र अभिव्यक्ति दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विदेशी अनुदान आउने र विकास हुने चिन्ताले विरोध गरिएको त होइन भनेर प्रश्नसमेत गरेका थिए ।शुक्रबार मात्रै चीन र नेपालको कम्युनिष्ट पार्टीबीचको भर्चुअल कार्याशालालाई सम्बोधन गर्दै प्रचण्डले सैन्य गठबन्धनसँग जोडिने कुनै पनि सहयोग नलिने बताएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation