राप्ती प्रतिष्ठानका चिकित्सक र नर्ससहित ४ जनामा कोरोना पुष्टि, आकस्मिकबाहेकका सेवा बन्द

तुलसीपुर । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना संङ्क्रमण पुष्टि भएपछि सेवा बन्द गरिएको छ । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार एक चिकित्सक, दुई नर्स र एकजना स्वास्थ्यकर्मी गरी चार जनामा कोरोना पुष्टि भएको हो ।चिकित्सकसहित स्वास्थ्यकर्मीमा कोरोना संङ्क्रमण पुष्टि भएपछि अन्य कर्मचारीको पनि स्वाब परीक्षणका लागि अस्पताल बन्द गरिएको उनले बताए । उनका अनुसार शनिबार र आइतबार आकस्मिकबाहेकका सेवा बन्द हुनेछन् । अस्पतालका करीब दुई सय कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्न लागिएको उनले जानकारी दिए ।अस्पतालले सेवा नदिने भएपछि उपचारका लागि प्रतिष्ठानमा आएका बिरामीलाई अन्य अस्पतालमा सिफारिश गरिने जनाइएको छ । बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्न अन्य अस्पताललाई अनुरोधसमेत गरिएको छ । सङ्क्रमित चिकित्सकको सामान्यावस्था छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation