बाणगंगा नगरपालिकाले नगरसभा बैठकमा पत्रकारलाई प्रबेश नदिएको संचारकर्मीको गुनासो

बसन्त बन्जाडे– बाणगंगा नगरपालिकाको नीति तथा कार्यक्रममा छलफल तथा सार्बजनिक कार्यक्रममा संचारकर्मीलाई प्रबेश नदिएको गुनासो आएको छ । बिश्वका १०० राम्रो ब्यवस्थापन भएका शहरको सूचीमा एचिभमेण्ट अवार्ड नामको बेलायति सस्थाद्धारा सूचिकृत वाणगंगा नगरले चौथो नीति तथा कार्यक्रममा संचारकर्मीहरुलाई निषेद गरेको भन्दै संचारकर्मीहरुले गुनासो गरेका छन् ।
जिल्लाका १० स्थानीय तह मध्ये सबै भन्दा पहिला नीति तथा कार्यक्रम ल्याएको पालिकाले लोकतान्त्रिक मुल्य मान्यताको बिरुद्ध नगरपालिकाको नीति कार्यक्रम जस्तो गम्भिर विषय वस्तुमाथिको छलफलमा संचारकर्मीहरुलाई प्रबेश निषेद गरिनु संघीयता र लोकतन्त्रको मर्म विपरित भएको संचारकर्मीहरुको ठहर छ ।
सभामा जनप्रतिनिधीहरुले बिभिन्न विषयमा सवालहरु उठान गर्ने र ति सवालहरु संचारमाध्यमबाट बाहिर आउन सक्ने भएकोले आवाज दवाउन संचारकर्मीलाई प्रबेश निषेद गरिएको हुन सक्ने श्रोतको बुझाइ छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएका नगर उपप्रमुख चक्र अर्यालले भने नगरसभाको बैठकमा जनप्रतिनीधिबाहेक अन्यले प्रबेश नपाउने उज्यालो पोष्टलाई बताउनु भयो । अर्यालले, नगरको नीति तथा कार्यक्रमको पहिलो बैठक भएकोले जनप्रतिनिधी बाहेक अन्यलाई नबोलाएको जानकारी दिनु भयो । स्थानीय सरकारहरुले पनि संघीय सरकार र प्रदेश सरकारहरुले जस्तै नीति तथा कार्यक्रममा संचारकर्मीहरुलाई प्रबेशका साथै संचारमाध्यमहरुबाट प्रत्यक्ष प्रशारण गर्नु पर्ने अधिकारकर्मी रविन्द्रनाथ ठाकुर बताउनु हुन्छ । उहाँ भन्नु हुन्छ, स्थानीयर सरकार हरेक गतिबिधीहरु प्रत्यक्ष प्रशारण भएमा आफ्नो जन प्रतिनीधिहरु छलफलमा कति सहभागी भए, जनताका सवाल र समस्याबारे उठान गरे वा गरेनन् भन्ने बारेमा जनतालाई थाहा हुने आगामी निर्बाचनमा कसलाई निर्बाचित गराउने भन्ने आकलन गर्न सक्छन् । नगरसभाकाे बैठक बाट नीति तथा कार्यक्रम ल्याउन जनप्रतिनिधीहरु बिचकाे बैठकमा अरुलाइ प्रबेश नदिनु उक्त छलफल के कस्ता छलफल भए जनताले थाहा नपाउनु जनताको थाहा पाउने अधिकार खोस्नु भएको उहाँको बुझाई छ । स्थानिय सरकारहरुले प्रबिधीकाे प्रयाेग गरेर भए पनि नागरिक समाज, पत्रकार जगतलाइ सहभागित गराउन सक्ने र छलफल खुल्ला गर्न सक्ने ठाकुरकाे तर्क छ ।
यद्यपी पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुषालले पालिकाको नीति तथा कार्यक्रम संचारकर्मीलाई बोलाएर सार्बजनिकिरण कार्यक्रम गरिने जानकारी पाएको बताउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation