नेकपा सचिवालय बैठक जारी – एमसीसीबारे निर्णय हुनसक्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।पटक पटक स्थगित हुदै आएको नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।अमेरिकी सहयोग एमसीसीबारे निर्णय गर्न बैठक केन्द्रीत हुने जनाइएको छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation