नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु, एमसीसी र नागरिकता विधेयक दुई एजेण्डा

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नागरिकता विधेयकका बिषयमा छलफल गर्न नेकपा सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।शनिवार विहान ९ बजेदेखि पार्टी सचिवालयको बैठक शूरु भएको प्रेस सल्लाहकार सूर्य थापाले बताए । बैठकमा एमसीसी पहिलो एजेण्डा रहेको छ भने नागरिकताका बिषयमा पनि आजै छलफल हुने भएको छ ।एमसीसी संसदवाट पारित गर्न प्रतिपक्ष दलहरु सहमत छन् । तर नेकपाभित्रको ठुलो समुह भने एमसीसी परियोजनाका बिरुद्ध छ । पार्टीभित्र एकमत गराउन सचिवालय र स्थायी कमिटी बैठक डाकिएको छ । सचिवालयको बैठक आज बसिरहेको छ भने स्थायी कमिटीको बैठक १० असारमा बस्दैछ ।नेकपामा प्रधानमन्त्री ओली केपी शर्मा ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदलको सुझावअनुसार अगाडि बढ्नुपर्ने अडानमा छन्। कार्यदलले बनाएको प्रतिवेदनबारे स्थायी समितिमा छलफल गरिनुपर्ने प्रचण्डको अडान छ ।एमसीसीबारे चर्को विवाद भएपछि नेकपाले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अध्ययन कार्यदल बनाएको थियो। जसले आफ्नो प्रतिवेदनमार्फत परिमार्जन गरेर मात्र एमसीसी संसदबाट पारित गर्नुपर्ने सुझाव दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation