१२ हजार घुस रकम सहित इन्सपेक्टर नियन्त्रणमा

मकवानपुर । मकवानपुरका एक प्रहरी इन्सपेक्टर घुससहित नियन्त्रणमा परेका छन् । जिल्लाको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) रामबालक रायलाई १२ हजार रुपैयाँ घुस रकमसहित बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले नियन्त्रणमा लिएको छ ।इन्सपेक्टर रायलाई नियन्त्रणमा लिएको सम्बन्धमा बागमती प्रदेशका डीआईजी बसन्तकुमार लामाले लेनदेनमा रहेका उनलाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धानपछि कारवाही प्रकृया अघि बढाइने जानकारी दिनुभयो ।

इन्सपेक्टर रायलाई प्रदेश प्रहरी कार्यालय, हेटौंडामा नियन्त्रणमा राखिएको छ ।उनलाई भीमफेदी गाउँपालिका वडा नम्वर ६ मा रहेको सगरमाथा होटलमा बसेर ठेकेदार दुर्गा लामासंग १२ हजार रुपैयाँ घुस रकम लिदालिदैं प्रदेश प्रहरी कार्यालयबाट गएको टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।प्रहरी निरीक्षक रायले आफ्नो इलाकामा गलत गतिविधि र रकम लेनदेन गर्ने गुनासो आएपछि प्रदेश प्रहरीले उनलाई निगरानीमा राखेको डीआईजी लामाले बताउनु भयो । हेटौंडा कुलेखानी दक्षिणकाली हुँदै काठमाडौं जाने सडक खण्डमा सो इलाका प्रहरी कार्यालय पर्दछ ।

साभार सिधाकुरा

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation