लकडाउनका बिचमा पनि बिद्युत चुहावट नियन्त्रण अभियानको निरन्तरता, चुहावट दर बढ्यो

ताैलिहवा- कोभिड १९ कोरोना भारसका कारण जारी लकडाउनको अवधिमा कपिलवस्तु जिल्लामा बिद्युत चुहावट बढेको छ । यसरी बिद्युत चुहावट बढे पछि अहिले दोश्रो पटक चुहावट नियन्त्रणको लागि बिद्युत प्राधिकरणका बिशेष अभियान नै संचालन गरिएको छ
नेपाल बिद्युत प्राधिकरण तौलिहवामा बितरण केन्द्रले गत फागुन महिनामा पनि बिद्युत चुहावट बढे पछी रोकथामका लागि एक महिना भई अभियान संचालन गरेको थियो । तर कोरोन भाईरसका कारण जारी लकडाउनले अभियान रोकिए पछि गाउँ गाउमा फेरी हुकिङ, मिटर बाईपास गर्ने लगायतका कार्य गरि बिद्यतु चोरी बढेको प्राधिकरणले जनाएको छ । लकडाउन केही खुकुलो भए पछि एक साता यता फेरी गाँउ गाँउमा चुहावट नियन्त्रणको लागि बिशेष अभियान संचालन गरिएको प्राधिकरण तौलिहवाका केन्द्र प्रमुख जय कुमार यादवले बताउनु भयो ।
रातको सयममा हुकिङ गरी चोरी गर्ने गरिएकाले कर्मचारीहरुलाई सुराकीको रुपमा खटाएर चोरी गर्ने स्थान र ब्यक्तिको पहिचान गरि चुहावट नियन्त्रणको अभियान संचालन गरिएको प्रमुख यादवले जानकारी दिनु भयो । बिशेष गरि मायादेवी, यशोधरा र शुद्धोधन गाँउपालिकाका बिभिन्न गाँउहरुमा चु्हावट बढी हुने गरेका छन । पर्सोहिया, भैसहीया, जमुनी हरीबंशापुर, भरवलीया, बिजुवा, अभिराव फुलिका लगातयका गाँउहरुमा संगठितरुपमा नै बिद्यतु चोरी गर्ने गरिएको छ । एक हप्ता भित्रमा केन्द्रले संचालन गरेको अभियानमा ९ वटा पानी तान्ने मोटर, वल्डीङ्ग मेशीन, एक थान मोटर सहित २ जनालाई नियन्त्रणमा लिईएको छ । यशोधरा गाँउपालिको रंगपुरमा वल्डीङ्ग मेशीन, २ थान मोटर सहित २ जनालाई पक्राउ गरिएको प्रमुख यादवले बताउनु भयो । पक्राउ गरिएका २ जनालाई जरिवाना असुल गरि छोडिएको प्रमुख यादवले जानकारी दिनु भएको छ ।
यस्तै पर्साेहियामा २ वटा मोटर, सिसहनियामा एक, सेमरौटीमा एक, लोहरपुरामा एक, जमुनीमा एक, बिजुवामा एक तथा तौलिहवाको प्रशासन चोकमा समेत एक मोटर जफत गरिएकोछ ।
अभियान अन्तरगत गत जेठ ३१ गते बलुहवामा चुहावट नियन्त्रणका लागि खटिएका कर्मचारीमाथी दुब्र्यवहार भए पछि गाँउ नै ब्ल्याक आउट गरिएको थियो । माफी माग्दै जरिवाना तिरे पछि एक दिन पछि गाँउमा बिद्युत सुचारु गरिएको थियो ।
लकडाउनको अवधिमा चुहावटको दर २५ प्रतिशत पुगेको यादवले उज्यालो पोष्टलाई जानकारी दिनु भयो । गत बर्ष हालको अवधिमा चुहावट दर १२ प्रतिशतमा सिमित थियो । लकडाउनका् कारणले बिद्यतु महसुल आधा बढि घटेको छ । लकडाउन अघि मासिक ४ करोड बढी रकम संकलन हुदै आएकोमा हाल घटेर सवा कारोडको हाराहारीमा मात्र महसुल संकलन हुने गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 उज्यालो पोस्ट All right reserved Site By : Himal Creation